free website hit counter

प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेलाई २ लाख, घरको १ लाख

beemaadmin
२०७७ श्रावण ८, बिहीबार

काठमाडौं । प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेका पीडित परिवारलाई सरकारले दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

 

बाढी–पहिरो जस्ता  प्राकृति विपत्तिमा परेर ज्यान गुमाउनेका परिवारलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले २ लाख दिने निर्णय सरकारले गरेको हो । साउन ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘राहत सम्बन्धी मापदण्ड ०६४’लाई संशोधन गरी ‘विपद् पीडित उद्धार र राहत मापदण्ड ०७७’ स्वीकृत गर्दै सो अधिकार दिएको हो ।

 

परिवारमा १ जनाको मृत्यु भएमा २ लाख, सोही परिवारमा अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाखको दरले राहत दिने निर्णय भएको छ । विपदबाट घर–आवास नष्ट भएमा ५ जना सम्मको परिवारलाई २० हजार सम्भव भएसम्म घट्नास्थलमै दिने गरी राहत मापदण्ड स्वीकृत गरिएको छ ।

प्राकृतिक विपत्तिका घट्नामा घर पूर्णरुपमा नष्ट भएमा सुरक्षित स्थानमा घर निर्माण गर्नका लागि सरकारले १ लाख दिने भएको छ । मनसुनको अवधिमा घरबार विहिन भएका परिवारका लागी ०७२ सालको भूकम्प पीडितलाई गरिएको विधि र प्रक्रियाबाट शहरी विकास मन्त्रालयले आवास निर्माण गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार