काठमाडौं । सात दिने हाउस किपिङ र क्लिनिङ तालिममा सहभागीहरुलाई शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरिएको छ । यसरी प्रमाणपत्र पाउनेहरु २ सय ३ जना रहेका छन् । रोटरी अन्तराष्ट्रियको भोकेसनल सर्भिस महिना जनवरिको सन्दर्भमा रोटरी क्लब अफ बागमती काठमाडौंको आयोजनामा भरोसा सर्भिसेज प्रालिद्वारा संचालित उक्त तालिम केही समयअघि समापन भएको थियो । प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषद (सीटीईभीटी) को मान्यता प्राप्त हाउस किपिङ्गर क्लिनिङ सात दिने तालिमपछि रोजगारी समेत दिने उदेश्यले यस बर्ष नेपालको विभिन्न सातै प्रदेशका ४४ जिल्लाको १७३ महिला ३० जना पुरुष समेत जम्मा २०३ जनालाई तालिम दिइएको आयोजकहरुले बताएका छन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता डिस्टिक गभर्नर २०१७÷१८ रोटरियन सञ्जय गिरी हुनुहुन्थ्यो भने विशेष अतिथिको रुमपा डिस्टिक भोकेसनल सर्भिस कमिटी चेअर रोटरियन पुष्करमान शाक्य र क्लब अध्यक्ष रोटरियन दिनेशबज्र बज्राचार्यले सभापतित्व गर्नुभएको उक्त कार्यक्रममा भरोसा सर्भिसेज प्रालिका प्रमुख कार्यकारी अधिकृत निरन्जनसिह बस्नेतले कार्यक्रमको उपादेयता माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा उपस्थित सहभागीहरुलाई धन्यवाद ज्ञापन रोटरियन रमा कडेलले र कार्यक्रम सञ्चालन अर्का रोटरियन बिमल होडाले गर्नु भएको थियो ।