free website hit counter

प्रियंकाको विवाह अदालतमा

beemaadmin
२०७६ फाल्गुन १६, शुक्रबार

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीबीच कानुनी रुपमा विवाह भएको छ । उनीहरु बिहिबार जिल्ला अदालत ललितपुर पुगेर दुइले कानुनी रुपमा बिहे गरेका हुन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए । अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले कानुन अनुसार, आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी थिइन् ।

नायक आयुष्मान देशराज जोशीसँग केही बर्ष प्रेममा रहेपछि नायिका कार्कीले बिहे गर्ने निर्णय गरेकी हुन् । आयुष्मान र प्रियंकाले बिहेकालाई भव्यता दिनका लागि कुनै कसर बाँकी राखेका थिएनन् । नायिका कार्की र नायक देशराजले ब्याचलर पार्टी दिएसँगै बिहेको कार्यक्रम सुरु गरेका थिए ।

सम्बन्धित समाचार