free website hit counter

प्रुडेन्सियल इन्स्योरेन्सको कार्यवाहक सीईओ श्रवणकुमार

beemaadmin
२०७८ कार्तिक ५, शुक्रबार

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण कुमार रावलले पाउने भएका छन् । कार्त्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले कार्त्तिक ७ गतेदेखि लागू हुने गरी रावललाई कार्यवाहक सीईओको जिम्मा दिएको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले कार्त्तिक ३ गते राजिनामा दिएका थिए । उनको राजिनामालाई स्वीकृत गर्दै इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओमा रावललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार