free website hit counter

फ्रि भिसा, फ्रि टिकेटमै खुल्यो मलेसियाको रोजगारी

beemaadmin
२०७६ भाद्र २७, शुक्रबार

काठमाडौं । म्यानपावर व्यवसायीको लूटमाथि धावा बोल्दै श्रममन्त्री गोकर्ण विष्टले बन्द गराएको मलेसियाको रोजगारी एक वर्षपछि खुल्ने भएको छ । नेपाल र मलेसियाबीच भएको समझदारी कार्यान्वयनमा लैजानेगरी सहमति भएपछि रोजगारीको बाटो खुलेको हो । अब सोही अनुरुप नेपाली कामदार मलेसिया जान पाउने भएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७५ जेठ ३ देखि मलेसियामा नेपाली युवा पठाउन रोक लगाएको थियो। कामदारको बीमा, फ्रि भिसा फ्रि टिकटको व्यवस्था कार्यान्वयनको अडान राख्दै नेपालले मलेसियामा नेपाली कामदार पठाउन रोकेको थियो।

नेपाल र मलेसियाका अधिकारीहरुबीच भएको सहमतिअनुसार आइतबारबाट मलेसिया रोजगारी खुल्न लागेको हो । तीन दिनको बैठकपछि बिहीबार मलेसियाको रोजगारी खुलाउने बारेमा समझादारी भएको हो। मलेसियन टोलिसँग नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि वार्तामा रहेको थियो। नेपाल र मलेसियाबीच श्रम समझदारी अनुरुप बाँकी रहेका विषय टुंगो लगाउन दुई देशबीचको प्राविधिक कमिटिको बैठक मलेसियामा भएको थियो।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार १० वटा बुँदामा सम्झौता भएको छ। श्रम सम्भौतालाई कार्यन्वयन गर्दै अघि बढ्ने तर पहिले नै पठाएको ढाँचामा हाललाई कामदार पठाउने सहमति भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य परीक्षणकोको लागत तथा अन्य लागत बढी भएको भन्दै गत वर्ष जेठदेखि बन्द भएको मलेसियाको रोजगारी श्रम सम्झौताले नै उल्लेख गरेको शुन्य लागतमा पठाउन मलेसिया तयार भएपछि नेपाली युवाको रोजाईमा परेको मलेसियाको रोजगारी फेरि सञ्चालनमा आउन लागेको हो ।

Advertisement
Advertisement

सम्बन्धित समाचार