free website hit counter

बस्नेत परिवारलाई युनियन लाइफले दियो १४ लाख दाबी भुक्तानी

beemaadmin
२०७९ जेष्ठ २२, आईतवार

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएका आश्रित परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । बीमा गरेर मलेसिया गएको अवस्थामा मृत्यु भएका केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भइ हाल दिक्तेलमा बसोबास गरिरहेका जितबहादुर बस्नेतको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानीबापत १४ लाख हस्तान्तरण गरेको हो ।
शुक्रबार दिक्तेलमा एक कार्यक्रम आयोजना गरेर कम्पनीका बागमती प्रदेश प्रमुख राजु श्रेष्ठले मृतक बिमितका श्रीमती सुर्जाकुमारी बस्नेतलाई मृत्यु दाबीबापत प्राप्त हुने कुमारी बैंकको चेक हस्तान्तरण गरेका हुन् । बस्नेतले वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया जानुअघि १३ फागुन २०७७ मा वैदेशिक रोजगार म्यादी जीवन बिमा गरेका थिए । बिमा गरेर मलेसिया पुगेका बस्नेतको २ असोज २०७८ मा मृत्यु भएको थियो । मृतक बिमितको बिमांक दाबी रकमबापत १० लाख, क्रिया खर्चबापत एक लाख, शव ल्याउँदाको खर्चबापत एक लाख र आय नोक्सानीवापत दुई लाख रकम उपलब्ध गराइएको कम्पनीका खोटाङ शाखा प्रमुख नरेन्द्र ढकालले बताए ।
दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक पदम बिष्ट, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका ओखलढुंगा शाखा प्रमुख तेजप्रसाद ढकाल, कम्पनीका खोटाङ एजेन्सी मेनेजर मनोज थापा, मृतक परिवारका छिमेकी चन्द्र कार्की लगायतको उपस्थितिमा मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार