free website hit counter

बाग्मती प्रदेश सरकारले दियो २५ सामुदायिक स्कुललाई बस

beemaadmin
२०७६ फाल्गुन २५, आईतवार

काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय वस कार्यक्रमका लागि २५ वटा सामुदायिक विद्यालयसँग त्रिपक्षीय सम्झौता गरेको छ । त्यसका लागि प्रदेशभित्रका १३ जिल्लाका २५ वटा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक सहितको उपस्थितिमा सामाजिक विकास मन्त्रालयले सोसम्बन्धी सम्झौता गरेको हो ।
सम्झौता कार्यक्रममा मन्त्री युवराज दुलाल, सचिव गोकर्णमणि दुवाडी, शिक्षा महाशाखाका प्रमुखलगायतको उपस्थिति रहेको थियो । मन्त्रालयले बसका लागि अनुदान प्राप्त गर्ने २५ वटै विद्यालयले विद्यालय वस सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताएको छ ।
केही दिनअघि मन्त्रालयले बस सञ्चालनका लागि इच्छुक विद्यालयहरुलाई छनोटका लागि सहभागी हुन सार्वजनिक गरिएको थियो । बस सञ्चालन कार्यक्रमबाट सामुदायिक विद्यालयमा अध्यन गर्न आउने विद्यार्थीलाई सहज हुने भएको छ ।
यस कार्यक्रमअन्तरगत मन्त्रालयले एक विद्यालयका लागि २५ लाख रुपैयाँका दरले रकम हस्तान्तरण गर्ने बताइएको छ । प्रदेशका १२ वटा जिल्लाका २४ सामुदायिक विद्यालयलाई २ वटाका दरले अनुदान रकम दिइने छ । रसुवा जिल्लाको भने एक विद्यालयलाई मात्र विद्यालय वस कार्यक्रमका लागि अनुदान रकम दिन लागिएको बताइएको छ ।
मर्ज भएका विद्यालय, ढाटाटाढाबाट विद्याथी आउने विद्यालय, सडक सञ्जालले जोडिएका विद्यालयलाई यस कार्यक्रममा छनौट गरिएको बताइएको छ । काठमाण्डौंको गोकर्ण मावि, दोलखाको हनुमन्तेश्वर मावि र क्षत्रवती माबि, धादिङको वागेश्वरी माबि, धादिङ्गकै गल्छीको अर्को बागेश्वरी मावि, नुवाकोटको महादेव मावि, भक्तपुरको सरस्वती मावि, मकवानपुरको जनकल्याण मावि, हेटौंडाको वंशगोपाल मावि, रामेछापको मन्थली माविलाई यस कार्यक्रममा छनोट गरिएको हो । यसैगरी तामाकोसी जनजागृति मावि, ललितपुरको सरस्वती मावि, सिन्धुपाल्चोकको तेर्से मावि, सिंधुलीको प्रगतिशिल मावि, काठमाण्डौको कान्तिभैरव मावि, काभ्रेपलान्चोकको कुशादेवि मावि र प्रभा मावि, चितवनको भण्डारा मावि र हिमालय दण्डपाणि न्यौपान मावि, नुवाकोटको चण्डेश्वरी मावि, भक्तपुरको बागेश्वरी मावि, रसुवाको कालिका हिमालय मावि, ललितपुरको विश्श्रमित्र गणेश मावि, सिन्धुपाल्चोकको सेतीदेवि पन्चकन्या मावि, सिन्धुलीको जनजागृति माबिलाई वस खरिदका लागि अनुदान दिनका लागि संझौता गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्रि दुलालले यो कार्यक्रमबाट लाभान्वित भएका विद्यालयहरुको शैक्षिक गुणस्तर थप वृद्धि हुने विश्वास लिएको बताउनुभएको थियो भने सचिव गोकर्णमणि दुवाडीले मन्त्रालयले पारदर्शी रुपमा छनोट गरेका विद्यालयहरुले सेवालाई चुस्त बनाउन आग्रह गर्दै छनोट हुन सफल भएकोमा बधाई ज्ञापन गर्नुभएको थियो ।

सम्बन्धित समाचार