free website hit counter

बाबुराम दम्पत्तिलाई फेरि पनि पोजेटिभ

beemaadmin
२०७७ मंसिर १, सोमबार

काठमाडौं। लामो समयदेखि कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको छ।

डा. भट्टराईले ट्वीट गर्दै स्वास्थ्य सुधारोन्मुख भए पनि फेरि आइसोलेशनमै बस्नुपर्ने रिपोर्ट आएको बताएका छन्। यसअघि पनि दुबैजनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

कोरोना संक्रमण भएको पुष्टि भएपछि दुई पटक गरिएको परीक्षणमा पनि दुबैजनाको रिपोर्ट पोजेटिभ आएको हो। डा. भट्टराई कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेका बेला तराईका जिल्लामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा सहभागी हुँदाहुँदै उनलाई कोरोना संक्रमण भएको थियो।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार