free website hit counter

बाराका पाँचौ संक्रमित पत्रकार

beemaadmin
२०७७ जेष्ठ ५, सोमबार

काठमाडौं । बाराका पाँचौ कोरोना संक्रमित व्यक्ति पत्रकार भएको खुलेको छ । सोमबार थपिएका बाराका एक जना र रौतहटका ८ जनामा बाराका पत्रकार भएको बुझिएको छ । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ । नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।

सम्बन्धित समाचार