free website hit counter

बीमा अभिकर्ता बन्न चाहनेलाई अवसर

beemaadmin
२०८३ मंसिर १२, शुक्रबार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिका लागि चितवनमा आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले आगामी मंसिर २४ गतेदेखि २७ गतेसम्म चारदिने तालिम आयोजना गर्न लागेको हो।

कम्पनीका अनुसार तालिममा सहभागी हुन कम्तीमा कक्षा १२ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। व्यक्तिगत अभिकर्ताका रूपमा सहभागी हुन चाहनेले शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र र स्थायी लेखा नम्बर (प्यान) को प्रतिलिपिसहित पासपोर्ट साइजका तीन प्रति फोटो पेस गर्नुपर्नेछ।

Advertisement
Advertisement

व्यक्तिगत अभिकर्ताका लागि तालिम शुल्क तीन हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

Advertisement
Advertisement

त्यस्तै, संस्थागत बीमा अभिकर्ताको तालिम लिन चाहने संस्थाले पनि आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। यसका लागि सञ्चालकको पद बहालीसम्बन्धी प्रमाण, सञ्चालक समितिको निर्णय, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र तथा नियमावली, भ्याट तथा प्यान दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र र लेखापरीक्षण गरिएको वित्तीय विवरण पेस गर्नुपर्नेछ।

यसका अतिरिक्त सम्बन्धित सञ्चालकको शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्र तथा प्रचलित कानुनबमोजिम कालोसूचीमा नरहेको प्रमाणसमेत आवश्यक पर्नेछ। संस्थागत अभिकर्ताका लागि तालिम शुल्क १० हजार रुपैयाँ तोकिएको छ।

तालिम नारायणगढस्थित कम्पनीको शाखा कार्यालयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। इच्छुक व्यक्तिले जुममार्फत पनि सहभागी हुन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

तालिममा अधिकतम ५० जनालाई मात्र सहभागी गराइने भएकाले पहिले आवेदन दर्ता गराउनेलाई प्राथमिकता दिइने कम्पनीले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार