free website hit counter

बीमा कम्पनीको नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्वमा

beemaadmin
२०७९ फाल्गुन १७, बुधबार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई नियम कानुनको परधिभित्र मात्रै राखेको छैन सामाजिक उत्तरदायित्व बहनमा समेत सहभागी गराउने भएको छ । बीमा कम्पनीहरुले खुद मुनाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा खडा गरी जम्मा गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकालाई चौथौं पटक संशोधन गरी उक्त व्यवस्था गरेको हो । निर्देशिका अनुसार बीमा कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा क्रियाशिल हुन प्रत्येक आर्थिक वर्षको खुद मुनाफाबाट एक प्रतिशत रकम छुट्टाई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।
कोषमा जम्मा भएको रकम शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा सिमान्तकृत वर्षको बीमा सम्बन्धी कार्यक्रम आदिमा खर्च गर्न सकिने व्यवस्था रहेको छ । यस्तै अति विपन्न तथा सिमान्तकृत वर्गका लागि शिक्षा तथा स्वास्थ्य बीमा गर्न हुने खर्च, सरकारको गरिवी निवारण सम्बन्धी रणनीति अन्तर्गत अति विपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बीमाद्धारा रक्षावरण गर्दा हुने खर्चमा प्रयोग गर्न सकिनेछ । आफ्नो कम्पनीका कार्यरत कर्मचारीहरुको बालबालिकाको लागि चाइल्ड डेभलपमेन्ट केयर सेन्टरको व्यवस्था गर्दा लाग्ने रकम समेत कोषबाट खर्च गर्न सकिने व्यवस्था छ । तर कम्पनीको ब्राण्ड प्रवर्द्धन गर्दा हुने खर्च यस कोषबाट गर्न नपाइने व्यवस्था छ । यस्तै सञ्चालक समितका सदस्यहरुलाई व्यक्तिगत तथा राजनीतिक लाभ हुनेगरी पनि खर्च गर्न नपाइने जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार