free website hit counter

बीमा कम्पनीलाई मर्जरमा जान सुझाव

beemaadmin
२०७६ माघ २५, शनिबार

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुको संख्या धेरै भएकाले मर्जमा जान समेत सुझाव दिएका छन् । काठमाडौंमा आयोजित ‘इन्स्योरेन्स समिट २०२०’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमाका सेवाहरुको विस्तारमा ध्यान दिन आग्रह गरे । बजारमा प्रतिस्प्रधा बिना नै बीमा प्रिमियम तोक्दा बीमाको दर उच्च रहेको भन्दै त्यसमा सुधार गरेर जानुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री खतिवडाले बीमा बजारमा माइक्रो इन्स्योरेन्स पोलिसिहरुको आवश्यकता रहेको र त्यसमा बीमा कम्पनीहरुलाई सोच्न समेत आग्रह गरे । उनले सरकारले माइक्रो इन्स्योरेन्स कम्पनी ल्याउने योजना बनाएको समेत बताए । उनले बीमा कम्पनीको संख्या भन्दा पनि उनीहरुको सेवा सुविधालाई जोड दिनु पर्ने बताए । धेरै कम्पनी भएपछि प्रतिस्पर्धा बढ्ने र स्वच्छ प्रतिस्पर्धाले मात्रै बीमा कम्पनीहरुले गुणस्तरीय सेवा दिन सकिने उनको भनाई छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको मात्र सुरक्षा गर्ने नीति ल्याएको तर कसरी बजार विस्तार गर्न सकिन्छ भन्नेमा ध्यान नदिएको बताए । उनले बीमा समितिले इन्स्योरेन्सको न्यूनतम दर तोक्दा इन्स्योरेन्स प्रिमियम बढेको बताए । बीमा कम्पनीको संख्या धेरै भएपनि प्रतिस्प्रधा नहुँदा सस्तो र गुणस्तरीय बीमा सेवाको विकास हुन नसकेको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए ।

सम्बन्धित समाचार