free website hit counter

बीमा प्राधिकरणका पूर्व अध्यक्ष काफ्लेको निधन

beemaadmin
२०८१ चैत्र २५, सोमबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष डा प्रफुल्ल कुमार काफ्लेको निधन भएको छ। काफ्ले प्राधिकरणमा २०५८ साल बैशाख १० गतेदेखि २०५९ साल साउन २७ गतेसम्म अध्यक्ष रहेका थिए । उनी नेपाल राष्ट्र बैंकको डेप्युटी गभर्नर पदबाट अवकाश पछि साबिकको सेन्चुरी कमर्सियल बैंकको अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए । यसबाहेक काफ्लेले विभिन्न वाणिज्य बैंकको सञ्चालक समितिमा समेत रहेका थिए । काफ्लेले नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकमा ३५ वर्ष सेवा गरेका थिए। उनले नेपाल राष्ट्र बैंकमा सन् १९९५ देखि २००० सम्म ५ वर्ष डेप्युटी गभर्नर, नेपाल बैंक लिमिटेडमा ४ वर्ष निर्देशक, डेढ वर्ष क्रेडिट ग्यारेन्टी कर्पोरेशनको अध्यक्ष र पूर्वी ग्रामीण विकास बैंकको अध्यक्षको रूपमा पनि योगदान गरेका थिए। यसबाहेक, अर्थशास्त्रमा विधावारिधी उपाधी हासिल गरेका उनले साढे २ वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ, वासिङ्टन डी।सी। का कार्यकारी निर्देशकको विशेष सल्लाहकार र ३ वर्ष अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा भ्रमणकारी प्राध्यापकको पद समेत सम्हालेका थिए।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार