free website hit counter

बीमा प्राधिकरणको अध्यक्षमा १३ जना आकांक्षी

beemaadmin
२०८२ भाद्र २१, शनिबार

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १३ जनाले आवेदन दिएका छन् । मन्त्रिपरिषद्द्वारा गठित सिफारिस समितिले गत शनिबार सातको म्याद राखेर अध्यक्षको लागि दरखास्त आह्वान गरेको थियो । त्यसमा अन्तिम दिन शुक्रबारसम्म १३ जनाले आवेदन दिएका छन् ।
त्यसमा पूर्व सचिव महेश्वर न्यौपाने, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देवकुमार ढकाल, तत्कालीन युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराई, पुर्व बीमा व्यवस्थापक बिक्रान्त पाण्डे लगायतले आवेदन दिएका छन् । मन्त्रिपरिषद्ले यसअघि २०८१ फागुन १२ गते पत्रकार समेत रहेका शरद ओझालाई नियुक्त गरेको थियो । तर, उनको योग्यता नपुगेको भन्दै मन्त्रिपरिषद्ले नै छानविन समिति बनाएर गत भदौ २ गते ओझालाई पदमुक्त गरेको थियो । त्यसपछि नयाँ अध्यक्ष नियुक्तीका लागि प्रक्रिया अघि बढाइएको थियो । अब सिफारिस समितिले पाँच जना उम्मेदवारलाई सर्टलिष्ट गरेर अन्तरवार्ता गर्नेछ । त्यसबाट तीन जनालाई छनोट गरेर नियुक्तका लागि मन्त्रीपरिषद्मा सिफारिस गरिनेछ । त्यसपछि मन्त्रिपरिषद्ले एक जनालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ, जसको कार्यकाल चार बर्षको हुनेछ । यद्यपि, १३ जनामा अध्यक्ष पदमा को नियुक्ती हुनेछ, त्यो भने हेर्न बाँकी छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार