free website hit counter

बीमा सचेतना कार्यक्रम सम्पन्न

beemaadmin
२०८२ जेष्ठ १०, शनिबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जनप्रकाश बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीका लागि बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आज शुक्रवार सो कार्यक्रम आयोजना गरेको हो । कम्पनीका प्रबन्धक वद्रीनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनप्रकाश वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले बीमाको महत्व राम्ररी बुझाउन सकेमा बीमाको दायरा विस्तार हुने र यस्ता कार्यक्रमले बीमा आम जनमानसमा सन्देश पुर्याउनका लागि विद्यार्थीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए । नेपाल बीमा प्राधिकरणले बीमाको दायरा विस्तारका लागि सम्पुर्ण बीमकलाई आमा समुह, विद्यालय, कलेज, पालिका पालिकाहरुमा कार्यक्रम संचालनका लागि निर्देशन दिए बमोजिम उक्त कार्यक्रम संचालन गरिएको हो् । कार्यक्रममा कम्पनीका प्रवन्धक वद्रीनाथ पौडेलले बीमाको ईतिहास, परिचय, आवश्यकता, महत्व र समसामयकि विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा क्याम्पसमा स्नातक तहमा अध्ययनरत करिव १०० जनाको विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम संचालन कम्पनीका सिनियर एजेन्सी मेनेजर सुजन न्यौपानेले गरेका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार