free website hit counter

बीमा सचेतना फैलाउँदै सानिमा लाइफ

beemaadmin
२०७८ चैत्र २२, मंगलवार

काठमाडौं । गण्डकी प्रदेशको बागलुङ जिल्लामा रहेको गलकोट नगरपालिकामा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको आयोजनामा नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार गलकोट नगरपालिका वडा नम्वर ३ मा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पछिल्लो समय जीवन बीमा कम्पनीको वृद्धिसँगै बीमाको दायरा थप फराकिलो भएको बताए । उनले बीमा जागरण कार्यक्रमले बीमा सम्बन्धि सचेतना बढाउदै बीमाको दायरा थप फराकिलो बनाउन मद्दत गरेको बताए । साथै सरकारी क्षेत्रबाट विमा सम्बन्धि सचेतना कार्यक्रम अगाडि बढाउनु राम्रो पक्ष रहेको समेत उनले जानकारी दिए ।
गैरेले जीवन बीमासँगै कृषक र कृषि बीमालाई पनि प्राथममिकतामा राखी अगाडि बढ्न सबैलाई आग्रह गरे । कार्यक्रममा गलकोट बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख कृष्णप्रसाद गौतम, एम्डिआरटि सिता देवि शर्मा सापकोटा, सहभागि कृष्ण खरेल, चित्र सलामीले मन्तव्य राखे ।
कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई र धौलागिरी क्षेत्र शाखा प्रवन्धक बलाराम कडेंलले जिवन विमाको आवश्यकता, महत्तव र नेपालमा वर्तमान समयमा जिवन विमाको अवस्थाको बारेमा सहजिकरण गरेका थिए । धौलागिरी क्षेत्र शाखाका प्रवन्धक बलाराम कडेंलले सञ्चालनगरेको कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईको अध्यक्षता, सानिमा लाइफ इन्स्योरेन्स गलकोट शाखाका मार्केटिङ अफिसर कृष्ण प्रसाद भट्राईले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार