free website hit counter

बीमा सचेतना सबैको दायित्व

beemaadmin
२०७८ आश्विन २५, सोमबार

काठमाडौं । बीमा सम्बन्धी सचेतनको अभावले अझै पनि बीमाको पहुँच २५–२६ प्रतिशतभन्दा माथि जान सकेको छैन । बीमा सचेतना फैलाउने जिम्मेवारी नियामक निकायको मात्रै हो भन्ने जस्तो सोच बीमकहरुमा रहेसम्म बीमा व्यवसायको विस्तार सम्भव छैन । तर पछिल्ला दिनमा बीमकहरुले पनि बीमा सचेतनाका कार्यक्रम अघि बढाएका छन् । बढ्दो प्रतिस्पर्धाका कारण पनि बीमा सचेतना फैलाउनु पर्ने आवश्यकता देखिएको हो । बीमा समितिले बडा दशैंको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा समितिका अध्ययक्ष सूर्यप्रसाद सिलवालले सबै बीमा कम्पनीहरुलाई बीमा सचेतनाका लागि कम्पनीहरुलाई कार्य तालिका बनाएर समितिमा पेश गर्न निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले १९ जीवन बीमा कम्पनी, २० वटा निर्जिवन बीमा कम्पनी र २ वटा निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन दिँदै सक्दो छिटो बीमा सचेतना सम्बन्धी कार्ययोजना पेश गर्न अनुरोध गरेका हुन् । शुभकामना कार्यक्रममा अध्यक्ष सिलवालले भन्नुभयो, सबै कार्यकारी अधिकृतज्यूहरु यहाँ हुनुहुन्छ, बीमा सचेतना सम्बन्धी के के हो गर्नुपर्ने ? तपाईहरुले कार्यतालिका बनाएर समितिलाई दिनु पर्यो । बीमा सचेतनाको कार्यक्रमका लागि तालिका बनाएर, बीमा समितिको कार्यक्रममा के–के समावेश गर्ने, कुन क्षेत्र चयन गर्ने भन्ने तालिका बीमा समितिमा पेश गर्न अध्यक्ष सिलवालले आग्रह गरे ।
सबै बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरु सहभागी बिजया दशमीको अवसरमा शुभकामना आदान कार्यक्रममा अध्ययक्ष सिलवालले बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल बीमक संघ, जीवन बींमक संघ बीमा समिति कर्मचारी संघ लगायतका संस्थागत प्रतिनिधि रहेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार