काठमाडौं । बीमाले जीवन दिन नसके पनि जीवन बाँचेकाहरुलाई सहारा दिन्छ । सोलुखुम्बु सोताङ–६ स्थायी घर भएका ङवाङ सोनाम शेर्पाको निधन भए पनि उनका नाबालक छोरीहरुले नेपाल लाइफको सहारा पाएका छन् । ट्रेकिङ पेशामा आबद्ध शेर्पाको गत वर्ष उपचारको क्रममा मृत्यु भएको थियो । सोमबार नेपाल लाईफ इन्स्योरेन्सले मृतका नाबालक छोरी छोईङ डोल्मा शेर्पाको नाममा २५ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
नेपाल लाईफ इन्स्योरेन्समा चार वर्ष पहिले २० लाख बिमाङ्कको नौलो जीवन समृद्धि बीमा पोलिसी लिई जीवन बीमा गरेको शेर्पाको मृत्यु भएपनि उनको छोरीहरुको शिक्षा दिक्षामा सो रकमले सहयोग पुग्ने छ । बीमा गरेर नियमित रुपमा बीमा शुल्क बुझाउँदै आएका शेर्पाकी उनै नाबालक छोरीको नाममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आज २५ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । नाबालक भएकोले छोरीको चेक मृतका बाबु तथा हकवालाकी हजुरबुवा आङ वाङ्छु शेर्पाले बुझेका छन् ।