free website hit counter

बैशाखदेखि उकालो लागेको सुन बल्ल आज घट्यो

beemaadmin
२०७८ बैशाख ७, मंगलवार

काठमाडौं । ०७७ सालको अन्तिम दुई तिनदिनदेखि उकालो लागेको सुनको मूल्य बैशाखको ६ गतेसम्म निरन्तर उकालो लाग्यो तर बैशाख ७ गते, मंगलबार आएर मात्रै मूल्य घटेको छ त्यो पनि जम्मा तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार रुपैयाँ पुगेको थियो। बैशाखको पहिलो कारोबार दिनयता सुनको भाउ दिनहुँ बढिरहेको थियो। बैशाख २ गतेदेखि सुन तोलामा ९०० रुपैयाँले बढोत्तरी भएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार