free website hit counter

भारत भन्दा नेपाली बजारमा सुन महंगाे

beemaadmin
२०८३ जेष्ठ २०, बुधबार

काठमाडाैं । बजेटपछि सुन बजार थप अनिश्चित बनेको छ। भारतको तुलनामा नेपालमा तोलामै करिब १० देखि १५ हजार रुपैयाँसम्म महँगो भएपछि चोरी–तस्करीमार्फत सुन भित्रिने जोखिम बढेको व्यवसायीहरूले बताएका छन्।

विश्व बजारमा सुनको मूल्य बढिरहेको र नेपाल सरकारले बजेटमार्फत सुनमा २० प्रतिशत भन्सार दर कायम गरेपछि उपभोक्ता र व्यवसायी दुवैमा दबाब परेको छ। यसले सीमावर्ती बजारमा कारोबार प्रभावित हुने र भारतीय बजारतर्फ ग्राहक आकर्षित हुने अवस्था देखिएको छ।

भारतमा सुनमा १५ प्रतिशत भन्सार र ३ प्रतिशत जीएसटी लाग्छ भने नेपालमा २० प्रतिशत भन्सार, १ प्रतिशत ब्याङ्क तथा व्यवसायी मार्जिन र ०.५ प्रतिशत सीप विकास शुल्कसमेत जोडिँदा मूल्य उल्लेखनीय रूपमा बढी पर्न गएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अध्यक्ष अर्जुन रसाइलीका अनुसार यही कारण नेपाल र भारतबीचको मूल्य अन्तर बढ्दै गएको छ। उनका अनुसार मूल्य अन्तर यथावत् रहे नेपालका धेरै उपभोक्ता भारतीय बजारतर्फ आकर्षित हुने र अवैध रूपमा सुन भित्रिने सम्भावना उच्च रहनेछ।

व्यवसायीहरूले कर संरचना पुनरावलोकन नगरे सुन बजारमा गम्भीर असर पर्ने र केही व्यवसायी पलायन हुन सक्ने चेतावनी समेत दिएका छन्।

सम्बन्धित समाचार