free website hit counter

भिसा पाएपछि आजै अमेरिका जाँदै सन्दीप

beemaadmin
२०८१ कार्तिक २, शुक्रबार

काठमाडौं। सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। नेपाल क्रिकेट संघ क्यानले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिका तर्फ जाने जानकारी दिएको छ। नेपाल, स्कटल्याण्ड र अमेरिकाविच यहि अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा संचालन हुने त्रिदेशीय ओडिआई सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई अमेरिकी राजदुतावासबाट भिषा प्राप्त भएको व्यहोरा जानकारी गराउँद छौ,’ विज्ञप्तिमा भनिएको छ । यसअघि पटक पटक प्रयास गर्दा पनि सन्दीपले भिसा पाएका थिएनन् । क्यानडामा भएको विश्व कप लिग टु को सिरिज खेलेर सन्दीप दशै अघि स्वदेश फर्केका थिए। अमेरिकामा यही कार्तिक ९ बाट १९ गतेसम्म त्रिकोणात्मक सिरिज आयोजना हुदैछ । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार