free website hit counter

भोटेकोशी बाढी प्रभावित नेपाललाई सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

beemaadmin
२०८३ भाद्र १२, शुक्रबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकी समाचार संस्था एनबीसी न्युजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका हुन्।

लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमपछि ट्रम्पले भोटेकोशी बाढीका कारण नेपालमा भएको क्षतिबारे आफूले जानकारी लिएको बताए।

नेपालका अधिकारीहरूसँग बाढीबाट भएको क्षति तथा अवस्थाबारे जानकारी लिएपछि आवश्यक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको उनले बताएका छन्।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ। बाढीबाट सडक, पुल, विद्युत् आयोजना तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेपछि खोज तथा उद्धार, राहत र पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको छ।

नेपालमा विपद्को अवस्था गम्भीर बन्दै गएपछि छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र चासो व्यक्त भइरहेका बेला अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिबद्धता आएको हो।

सम्बन्धित समाचार