free website hit counter

मञ्चबाटै कांग्रेस बरिष्ठ नेता प्रहरी नियन्त्रणमा

beemaadmin
२०७७ मंसिर १७, बुधबार

काठमाडौं । पुल उद्घाटन कार्यक्रममा अतिथि बन्न पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले निषेधाज्ञा तोडेको आरोपमा नियन्त्रणमा लिएको हो।

‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु,’ पौडेलले लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’ बुधबार दिउँसो वरिष्ठ नेता पौडेलबाट व्यास नगरपालिकाले पुल उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार