free website hit counter

मधेशमा छोरी बीमा कार्यक्रम फेरि सञ्चालनमा

beemaadmin
२०७९ असार २०, सोमबार

काठमाडौं । छोरी चेलीको शिक्षाको ग्यारेन्टी गर्नका लागि उद्देश्यले मधेश प्रदेश सरकारले स‌ञ्चालनमा ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम पुनः शुरु भएको गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सार्वजनिक सुचना प्रकाशन गर्दै छोरी शिक्षा बीमा तथा मुद्धती बचत कार्यक्रम पुनः शुरु भएको घोषणा गरेको हो । बीमा कार्यक्रम रोकिएका कारण गत २०७८ माघ १ यता जन्मिएका बालिकाहरु यो बीमा कार्यक्रम अन्तर्गत समावेश हुन सकेका थिएनन् । मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले जारी गरेको सुचनामा २०७८ माघ १ गते यता प्रदेशमा जन्मिएका छोरीहरुको शिक्षा बीमाको लागी नामांकन गर्न निवेदन पेश गर्न अभिभावक तथा संरक्षकसँग आग्रह गरेको छ ।
निर्देशनालयले असार २४ गते भित्रै आवश्यक कागजात सहित निवेदन पेश गर्न आह्वान गरेको छ। तीन लाख रुपैयाँको छोरी बीमा कार्यक्रममा प्रदेश सरकारले प्रति बालिका ४० हजार रुपैयाँ तिर्नुपर्छ। बालिका १८ वर्षको भएपछि तीन लाख रुपैयाँ उच्च शिक्षा हासिल गर्नको लागि बैंकले भुक्तानी गर्छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार