काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले जारी गरेको आइपीओको प्रि अलोटमेण्ट सम्पन्न भएको छ । विक्री प्रबन्धक एनएमिबि क्यापिटलकाअनुसार सबै प्रक्रिया पूरा भएमा सोमबार आइपीओ बाँडफाँड हुने छ । संस्थाले असार १७ गतेबाट एक सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । आइपीओमा ७३ गुणा बढीको आवेदन परेको छ । आइपीओमा २० लाख ३६ हजार २ सय ४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा ७३.१० गुणा बढी हो ।