free website hit counter

मन्त्रीको जागिर खोस्ने विजय मिश्रलाई अख्तियारको ७ दिने अल्टिमेटम

beemaadmin
२०७७ भाद्र १७, बुधबार

काठमाडौँ । मन्त्रीको जागिरै खाने गरी भएको सेक्युरिटी प्रेस खरिद र कमिशनको बार्गेनिङ बाहिर ल्याउने विजय मिश्रलाई अख्तियारले ७ दिने सूचना जारी गर्दै बोलाएको छ । आयोगले बुधवार मिश्रको नाममा सरकारी मुखपत्र गाेरखापत्रमा सात दिने सूचना प्रकाशित गर्दै स्विस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको विषयलाई केही बुझ्नु पर्ने जनाएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्विस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलामा तपाईँसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ, जारी सूचनामा भनिएको छ, यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउन् होला, नआए कानुन बमोजिम भई जाने छ । ०७६ साल फागुन ७ गते तत्कालीन सूचना तथा सञ्चार प्रविधि मन्त्री मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा एक एजेन्टसँग ७० करोड (कमिसन) मागेको अडियो सार्वजनिक भएको थियो । जसका कारण बास्कोटाले मन्त्री पदबाट राजीनामा दिनु परेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार