free website hit counter

महाअभियोगमा प्रतिपक्षीको ‘पर्ख र हेर’ नीति

beemaadmin
२०८३ कार्तिक १८, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगका विषयमा सत्तापक्षको स्पष्ट धारणा आएपछि मात्रै प्रतिपक्षी दलहरूले साझा निर्णय गर्ने बताएका छन्।

सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तापक्षभित्रै महाअभियोगबारे स्पष्ट निर्णय भइनसकेकाले आफूहरू अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए।

Advertisement
Advertisement

महाअभियोगजस्तो गम्भीर विषयमा सम्बन्धित पार्टी र संसदीय दलबीच स्पष्ट समझदारी हुनुपर्नेमा उनले जोड दिए। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विश्वसनीय धारणा र आवश्यक तयारीसहित प्रस्तुत भएपछि प्रतिपक्षी दलहरू पुनः छलफल गरेर साझा निर्णयमा पुग्ने उनको भनाइ थियो।

Advertisement
Advertisement

उनले संसद्मा हुने सकारात्मक काममा भने प्रतिपक्षी दलहरूको सहयोग रहने स्पष्ट पारे।

सम्बन्धित समाचार