काठमाडौं। दुग्ध विकास संस्थानको रिक्त महाप्रवन्धक पदका लागि दश जनाको आवेदन परेको छ । महाप्रवन्धकका लागि आवेदन दिनेहरुमा अनिलकुमार झा, शितलकाजी श्रेष्ठ, रंगराज काफ्ले, बैकुण्ठ अधिकारी,केदार दाहाल, बाबुकाजी पन्त, लोकराज खड्का, विनय प्रविण, रुद्र पौडेल र बेदबहादुर क्षेत्री रहेका छन् । शितलकाजी नेपाल भेटेनरी एशोसिएसनका अध्यक्ष हुन् भने अधिकारी कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव रहेका छन् ।
यसैरी रुद्र पौडेल कृषि मन्त्रालयकै सहसचिव रहेका छन् । यसैगरी बाबुकाजी पन्तट राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रहेका छन् भने अनिलकुमार झा जनक शिक्षा सामग्री केन्द्र र उदयपुर सिमेन्टको महाप्रवन्धक भइसकेका व्यक्ति हुन्। उता, दुग्ध क्षेत्रका अनुभवी मानिने लोकबहादुर खड्काले पनि आवेदन दिएका छन् । महाप्रबन्धकमा आवदेन दिने केदार दाहाल वकिल रहेका छन् ।