free website hit counter

महिला लघुवित्तको नाफा घट्यो

beemaadmin
२०७९ मंसिर ५, सोमबार

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले १ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५१.१४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५१.१४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड ६७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर २ करोड २८ लाख रुपैयाँमा सीमित बनेको छ। पहिलो त्रैमासमा संस्थाले ७ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ७ करोड १३ लाख रुपैयाँ थियो। यो हिसाबले खुद ब्याज आम्दानी भने ८.६ प्रतिशतले उकालो लागेको छ।
चुक्तापुँजी १४ करोड ७५ रुपैयाँ संस्थाको रिजर्भको आकार बढेर १२ करोड ६९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ११ करोड ९३ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा संस्थाले २ अर्ब ८० करोड रुपैयाँ सापटी लिई ४ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। पहिलो त्रैमासमा संस्थाको एनपीएल घटेर २।७७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.०५ प्रतिशत थियो। वार्षिकीकृत संस्थाको ईपीएस ५१।१४ प्रतिशतले घटेर ४३.३९ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ८८.८१ रुपैयाँ थियो। पीई रेसियो ८७.५२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २९२.०३ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार