free website hit counter

माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने

beemaadmin
२०८१ मंसिर २६, बुधबार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैंकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

 

सम्बन्धित समाचार