free website hit counter

माछापुच्छ्रे बैंकले १०.३० प्रतिशत बोनस शेयर दिने

beemaadmin
२०८० भाद्र १३, बुधबार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १०.३० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.७० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। भदौ १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश प्राप्त गर्न सक्नेछन्।

 

Advertisement
Advertisement

सम्बन्धित समाचार