free website hit counter

माया खोलाको आईपीओ आजबाट बिक्री खुल्यो

beemaadmin
२०७९ मंसिर २३, शुक्रबार

काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज मंसिर २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ लाख कित्ता साधारण सेयरमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता स्थानीय र सर्वसाधारणका लागि जारी हुने बाँकी २४ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुलाएको छ।
यो आईपीओमा आयोजनाबाट अतिप्रभावित संखुवासभा जिल्लाको चैनपुर–८ र ९, धर्मादेवी ३, ४ र ५, मादी–४ र ६ का लागि बासिन्दाका लागि ६ लाख कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाको चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका अन्य क्षेत्रका स्थानीयका लागि ४ लाख कित्ता छुट्याएको छ। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
स्थानीयका लागि जारी आईपीओ छिटोमा पुस ८ गतेसम्म आवेदन दिनुपर्नेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि पुस २४ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ। यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ८ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्। स्थानीयले संखुवासभाको खाँदबारीस्थित प्राइम कमर्सियल बैंक, धर्मदेवीस्थित नेपाल एसबीआई बैंक, संखुवासभास्थित माया खोला हाइड्रोपावर कार्यालय र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइनबाट आवेदन दिन सक्नेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार