काठमाडौं । लगातार दुई दिन बढेको सुनको भाउ बिहीबार गिरावट भएको छ । जेठ २५ गते,सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । चाँदी पनि आज तोलामा पाँच रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ७०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन पनि घटेर प्रतितोला एक लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा २० रुपैयाँले महंगिदा प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी बिहीबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार ४१५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार २२० रुपैयाँ कायम रहेको थियो ।