free website hit counter

मृतकका परिवारलाई मेगा बैंकले दियो बीमा बापत ७ लाख

beemaadmin
२०७७ श्रावण २३, शुक्रबार

काठमाडौं । खाता खोलेको सुविधाबापत बैंकले दिएको सुविधा अन्तर्गत एक मृतकका परिवारलाई मेगा बैंकले सात लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । दुर्घटनामा परी ज्यान गुमाएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमाबापत सात लाख रुपैँया प्रदान गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बीमाबापत सात लाख रुपैँया हस्तारन्तरण गरेको हो । गुल्मीको तम्घासस्थित नेपाली सेनाको वीरभद्र जंग गुल्ममा कार्यरत सैनिक जवान रानाको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित घरमा बिदामा गएका बेला २०७६ साल फागुन १ गते धनगढीमा मोटरसाइकल दुर्घटना भई निधन भएको थियो ।

मेगा बैंक तम्घास शाखाका प्रबन्धक तेजेन्द्र कार्कीले वीरभद्र जंग गुल्मका गुल्मपति मेजर भूपेन्द्र गुरुङमार्फत सैनिक जवान रानाका बाबु टिकाराम रानालाई बीमाबापतको रकम हस्तान्तरण गरे । न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बीमागरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । सिइओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भैपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको हो ।

सम्बन्धित समाचार