काठमाडौं । बीमा बाँचुञ्जेलका लागि मात्रै होइन मृत्युपछि परिवारको सहारा पनि हो । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमितको मृत्युपछि परिवारालई बीमा दाबी भुक्तानी गरेको छ । बीमा वापतको दाबी रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।
साउन १४ गते कैलारी गाउँपालिका– ४ कैलालीस्थित मृतकको घरैमा पुगी मृत्यु दाबी भुक्तानी बापत २ लाख २७ हजार हस्तान्तरण गरेको हो । बीमित जनाकुमारी चौधरीले २ लाख २० हजार रुपैयाँको बीमा गरेका थिए । बार्षिकरुपमा बुझाउने १ किस्ता १४ हजार ८ सय ४० रुपैयाँ भुक्तानी गरी गरी बीमा शुरु गरेका चौधरीको मृत्युपछि कम्पनीले दाबी भुक्तानी दिएको हो ।
कम्पनीले मृतकको बुवा छल्लु डगौरा थारुलाई मृत्यु लाभ र बोनस रकम २ लाख २७ हजार ७ सय रुपैयाँको चेक कैलारी गाउँपालिका– ४ का वडाध्यक्ष मोहनलाल चौधरी र धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीद्वारा संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।