free website hit counter

मेगाले थप्यो चार वटा एक्सटेन्सन काउन्टर

beemaadmin
२०७६ पुष २८, सोमबार

काठमाडौँ । शाखा सञ्जाल विस्तारको क्रममा मेगा बैंक नेपालले उपत्यकामा चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकको सहजताका लागि मेगा बैंकका उपत्यकासहित देशभर १ सय ११ वटा शाखा कार्यालयहरु, ११४ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ सेवा र ३ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल रहेका छन्।
काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।
अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार