free website hit counter

मेगा बैंककी डेपुटी सीईओ रविनालाई विभूषण

beemaadmin
२०७८ आश्विन ३, आईतवार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठलाई संविधान दिवस २०७८ का अवसरमा प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित गर्ने घोषणा भएको हो। डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन्।
यसअघि पनि श्रेष्ठले एसियास्तरीय ‘२१ सेन्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चारवटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन्। करिब ३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनस र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन्। भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एन्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठसँग त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंकमा समेत कामको अनुभव छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार