free website hit counter

मेगा बैंकको खुद नाफा ९५ करोड

beemaadmin
२०७६ माघ २९, बुधबार

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मेगा बैंकले ९५ करोड २ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षकै पहिलो त्रैमासम्ममा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गरेको हो।

पुस मसान्तसम्ममा बैंकले ८४ अर्ब ६३ करोड रुपैँया निक्षेप संकलन गरी ७८ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतभन्दा बढी बढेको छ भने कर्जा तथा सापटी १८ प्रतिशतभन्दा बढी बढेको छ।
मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन्।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार