free website hit counter

मेगा बैंकको लाभांश घोषणा

beemaadmin
२०७९ कार्तिक ३०, बुधबार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३.३६ रुपैयाँको कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ६४ करोड ४८ लाख १८ हजार ४५८.१३ रुपैयाँबराबरको बोनस सेयर र ३.८३ प्रतिशतले हुन आउने ६१ करोड ७४ लाख १३ हजार ६७३.६६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी १२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार