free website hit counter

मेगा बैंकले साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

beemaadmin
२०७८ बैशाख ९, बिहीबार

काठमाडौं । आपत विपतमा परेका व्यवसायीको व्यवसाय प्रवद्र्धनमा टेवा दिँदै आएको मेगा बैंक नेपाल लिमिटेडले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरूलाई ब्यवसाय प्रबद्र्धन गर्ने उद्देश्यले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरे ।

मेगा बैंकले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग आबद्ध उद्यमीहरूलाई आफ्नो ब्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । साथै, बैंकले उद्यमीहरूलाई बैंकको सम्पूर्ण सुविधाहरुका साथै क्युआर कोड पनि वितरण गर्नेछ, जसबाट बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास छ ।

मेगा बैंककी नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भोटेबहाल वजारका उद्यमीहरूलाई बैंकको नजिकैको शाखा कार्यालयहरु मार्फत छिटो छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । साथै, संघका वरिष्ठ उपाध्यक्ष रेग्मीले मेगा बैंकले बिना धितो सहुलियतपूर्ण व्याज अनुदान कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले मेगासँग सहकार्य गरेको बताए ।

सम्बन्धित समाचार