काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमास सम्मको अवधिमा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। जुन रकम कम्पनीले गत बर्षको सोहि अवधिमा ४ अर्ब ७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीको खुद नाफा ३२ करोड ७९ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ५५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ४१ प्रतिशतले घटेको हो । समिक्षा अवधिमा कम्पनीले ५ हजार ८४२ वटा दाबी वापत २ अर्ब ५३ करोड रुपैंया भुक्तानी गरेको छ भने ३६२ वटा बीमा दाबी वापतको ७० करोड ११ लाख रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ४३ करोडरुपैंया संचित रहेको छ भने जीवन बीमा कोष १७ करोड ८६ लाख रुपैंया छ ।