free website hit counter

मेट लाइफको बीमाशुल्कसँगै नाफा पनि बढ्यो

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मेट लाइफ इन्स्योरेन्सले २ अर्ब २९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ करोड ९८ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ८६ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। इन्स्योरेन्सले यस अवधिमा १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २४ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Advertisement
Advertisement

इन्स्योरेन्सले यस अवधिमा पुनर्बीमा कमिशन बापत ४ करोड ६५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ८३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तै, इन्स्योरेन्सले बीमालेख धितोमा ९३ करोड ६८ लाख रुपैयाँ लगानी गरी ५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। इन्स्योरेन्सको जगेडा कोषमा २ अर्ब २१ करोड रुपैयाँ, जीवन बीमा कोषमा १७ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ र महाविपत्ती कोषमा १९ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा कम्पनीले १२ लाख ४९ हजार ४९८ बीमालेख जारी गरी कूल २ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेको छ। इन्स्योरेन्सले यस अवधिमा ३ हजार ३७० दाबी बापत एक अर्ब ३९ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३९ दाबीका लागि ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार