free website hit counter

मोडल हन्टको भोटिङ पार्टनरमा आइएमई पे

beemaadmin
२०७७ चैत्र ३, मंगलवार

काठमाडौं । मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ पार्टनर आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ बन्ने भएको छ । गएको १३ फेब्रुअरीबाट शुरु भएको उक्त प्रतियोगिता मार्च २७ मा ग्राण्ड फिनाले भइ समापन हुनेछ । प्रतियोगितामा सहभागी आफुले इच्छा लाएको प्रतिस्पर्धीलाई आइएमई पे मार्फत भोट गर्न सकिने कम्पनीले जनाएको छ ।

मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन तत्पर कूल ६८ जना युवा युवतीहरू यतिखेर मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा आफ्नो व्यक्तित्वलाई मोडल व्यक्तित्वमा रुपान्तरण गर्न मोडल हन्ट नेपाल सिजन ६ को प्लेटफर्ममा अभ्यस्त रहेका छन् । जस अन्तर्गत उनीहरुले र्याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतीकरणका तरिका लगायत समग्रमा व्यावसायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको विकास गरिरहेका छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार