free website hit counter

यसकारण शनिबार सञ्जेल कुटिए

beemaadmin
२०७७ श्रावण १७, शनिबार

काठमाडौं । के शनिबार, के आइतबार श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल कार्यकक्षमै भेटिन्छन् । आफू खटिएसँगै अरु कर्मचारी पनि उनीसँगै खटिउन् भन्ने उनको बानी छ ।

त्यही बानी सबैलाई सहज हुन्छ भन्ने छैन । शनिबार र बिदाका दिन परिवारसँग बस्ने इच्छा हुनेले पनि सञ्जोलको आदेश मानेर कार्यालय धाउनु पर्ने अवस्था आएपछि उपसचिव सञ्जेलमाथि कार्यालयमै हातहात हुन पुगेको हो । कार्यालयमा करारमा रहेका कर्मचारीहरूले सञ्जेलमाथि हातपात गरेको बताइएको छ ।

उपसचिव सञ्जेलमाथि हातपात भएको जानकारी आएलगत्तै सुरक्षाकर्मी पुगेको थियो । सञ्जेललाई उनीहरूले चप्पल, पञ्चिङ मेसिनलगायतले हातपात गरेको आरोप छ। सञ्जेलको अनुहारमा सामान्य चोट छ। उनीहरूले किन सञ्जेलमाथि हातपात गरे खुलेको छैन। घटनामा संलग्न रहेको आरोप लागेका कर्मचारीहरू नेत्र भट्टराई निरौला र मेनुका सापकोटालाई प्रहरीले छलफलका लागि बोलाएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार