free website hit counter

यस्तो छ नेशनल लाइफको नयाँ बोनसदर

beemaadmin
२०७८ माघ २, आईतवार

काठमाडौं । जीवन बीमा व्यवसायलाई स्वस्थ प्रतिस्पर्धाका आधारमा अगाडि बढाएको र आफ्नो उपस्थिति दरिलो बनाउँदै अघि बढेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । कम्पनीले सावाधिक जीवन बीमालेखमा अन्तर्गत न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस निधारण गरेको छ । कम्पनीले भखरै जन्मेको बच्चादेखि ९ बर्ष उमेर समूहसम्मका लागि ६४ रुपैयाँ देखि २६ बर्ष देखि २९ बर्ष वा ३० बर्षभन्दा माथि उमेर समूहहरुको लागि ८५ रुपैयाँ सम्म बोनसदर निधारण गरेको छ ।
सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६४ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस निधारण गरेको छ। कम्पनीले भखरै जन्मेको बच्चादेखि ९ बर्ष उमेर समूहसम्मका लागि ६४ रुपैयाँ र २० बर्ष वा सो भन्दा माथिको उमेर समूहको लागि ६५ रुपैयाँ बोनसदर घोषणा गरेको छ। त्यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । कम्पनीले भखरै जन्मेको बच्चादेखि ९ बर्ष उमेर समूहसम्मका लागि ६३ रुपैयाँ र १५ बर्षदेखि १९ र २० वा सो भन्दा माथिको उमेर समू्हको लागि ३४ रुपैयाँ बोनसदर निधारण गरिदिएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार