free website hit counter

यातायात ब्यवसायीको खाता फुकुवा हुने

beemaadmin
२०७६ भाद्र २४, मंगलवार

काठमाडौं । यातायात ब्यवसायी समितिहरुको खाता फुकुवा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै व्यवसायीहरुको रोक्का रहेको खाता फुकुवा गर्न निर्देशन दिएको हो । साउन १६ गते मन्त्रिपरिषदबाट भएको निर्णय अनुसार साविकको यातायात व्यवसायी समितिको नाममा रहेको चलअचल सम्पत्ति रुपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउने प्रकृयाका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सरकारकै निर्देशन अनुसार प्रदेश १ को ३२ वटा, प्रदेश २ को १० वटा, प्रदेश ३ को ११८ वटा, प्रदेश ४ को २४ वटा, प्रदेश ५ को ४० वटा, प्रदेश ६ को १२ वटा र प्रदेश ७ को ९ वटा विभिन्न यातायात व्यवसायी संघ र समितिको नाममा रहेको खाता रोक्का राखेको थियो ।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार