free website hit counter

युनिलिभर नेपालले घोषणा गर्‍यो प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश

beemaadmin
२०८३ कार्तिक १७, सोमबार

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

Advertisement
Advertisement

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर ८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार