free website hit counter

यूनाइटेड इन्स्योरेन्सले बढायो नाफा, अन्य सूचक पनि प्रगतिउन्मुख

beemaadmin
२०७८ कार्तिक २८, आईतवार

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले २१ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६२ दशमलव ९५ प्रतिशतले बढी हो ।

कम्पनीको बीमा कोषमा ३३ करोड ८८ लाख रुपैयाँ रहेको छ । १ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ११ करोड ७७ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ७ करोड ९२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीले खुद नाफामा पनि बृद्धि गरेको छ । समिक्षा अवधिमा कम्पनीले १ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वषको सोही अवधिमा कम्पनीले १ करोड ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ११ दशमलव ६९ प्रतिशतले बढी हो । समिक्षा अवधिमा कम्पनीले ७ करोड ८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९८ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १३७ प्रतिशतले बुद्धि गरेको छ । कम्पनीले समिक्षा अवधिसम्ममा ४४ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

सम्बन्धित समाचार