free website hit counter

राष्ट्रिय बीमा कम्पनीको सिइओका लागि ११ जनाले दिए आवेदन

beemaadmin
२०७८ मंसिर २७, सोमबार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि ११ जनाले आवेदन दिएका छन् । सरकारले नियुक्त गरेका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याललाई नेपाल सरकारले गत भदौमै फिर्ता बोलाएपछि सो पद खाली भएको थियो । अर्याललाई साढे दुई वर्ष अगाडि मन्त्रालयले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिनेहरुमा रमेश लम्साल, मनोज सिंह भण्डारी, सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, शेखर बराल, रामबहादुर खड्का र बरिस्मा साउद आचार्य रहेका छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ति सिफारिस उपसमितिले मंसिर १२ गते १५ दिनको समय दिएर आवेदन खुला गरेको थियो । कम्पनीले खुला प्रतिस्पर्धाबाट पदपुर्ती गर्न लागेको हो । बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्य शास्त्र, कानुन, गणित, तथ्याङ्क शास्त्र वा इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तिमा ५ वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भएर बीमामा एक वर्षको अनुभव सहित कम्तिमा ७ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार