free website hit counter

राष्ट्रिय बीमा कम्पनीबाट सिईओ अर्याललाई अर्थमै बोलाइयो

beemaadmin
२०७८ भाद्र २०, आईतवार

काठमाडौं । नयाँ सीइओ नियुक्तिका लागि वातावरण बनाउन अर्थ मन्त्रालयले काजमा पठाएको राष्ट्रिय बीमा कम्पनीका सिईओ डा. डिल्ली अर्याललाई फिर्ता बोलाएको छ ।

काजमा गएर सिइओको जिम्मेवारी सम्हाल्दै आएका मन्त्रालयका सह–सचिव डा. अर्याललाई काजबाट फिर्ता बोलाइएको हो ।

२०७५ पुस २६ गते अर्थमन्त्रालयबाट काजमा पठाइएका अर्याल अब मन्त्रालयमै फर्किने छन् । राष्ट्रिय बीमा कम्पनीमा रिक्त रहेको सिईओ नियुक्तिका प्रक्रिया सुरु भइसकेको छ । सो स्थानमा पुग्नका लागि शक्ति केन्द्र धाउनेहरुको लर्को पनि लागिसकेको छ ।

अर्याललाई नियुक्त गर्ने केपी ओलीको सरकार हटेसँगै गत साउन पहिलो साता कर्मचारी संघ निकट कर्मचारीहरुले नयाँ प्रमुख कार्यकारी अधिकृतको माग गर्दै अर्यालको कार्यकक्षमा ताला लगाएका थिए । खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्नु पर्ने माग राख्दै सरकारले पठाएका प्रमुख कार्यकारी अधिकृतले व्यवसायिक हिसावले काम नगरेको, मन्त्रालय र बीमा समिति सँग समन्वयात्मक हिसावले काम गर्न नसकेको आरोप लगाएका थिए ।

सम्बन्धित समाचार